नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक @Rast बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा आज (२०७७ माघ १५ गते) हस्ताक्षर भएको छ। निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता गरिएको हो।
सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। तलबी बचत खाता संचालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि ३ वर्ष भन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाह सम्वन्धी विधि बैंकले तोके बमोजिम हुने निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिईन्।







