नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले लेआफ्ना ग्राहकवर्गहरुको सुविधालाई ध्यानमा राखी बिहीबारबाट विद्युतियप्रणाली (Online) मार्फत डिम्याट खाता साथै मेरोशेयर दर्ता सेवा सुचारु गरेको छ ।
लगानीकर्ता तथाअन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावहरुलाई मध्यनजर गरी,एनआईबिएल एस क्यापिटले आफ्ना सेवाप्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (Demat Account)खोल्न तथा मेरोशेयर दर्ता (Meroshare Registration) विधुतिय प्रणाली (Online) मार्फत गर्न सकिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।





