नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरुलाई कर्जा दिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरुलाई कर्जा दिने

काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । बैंक र महासंघले एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको हो । 

यस सम्झौता अनुसार कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउने छ । यसका साथै ती उद्यमीहरुले महासंघबाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ । 

Read More