कतारबाट अब सोझै आईएमई पे वालेटमा पैसा पठाउन सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कतारबाट अब सोझै आईएमई पे वालेटमा पैसा पठाउन सकिने

काठमाडौं । अब कतारमा रहेका नेपालीले आफ्ना आफन्तलाई सोझै मोबाइल वालेटमा पैसा पठाउन सक्ने भएका छन् । त्यसका लागि कतारको रेमिट्यान्स सेवा प्रदायक कम्पनी यूनिमोनी र नेपालको आइएमई पेबीच सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार अब कतारमा रहेका नेपालीले यूनिमोनी कतारमार्फत् सोझै नेपालमा आफन्तको नाममा रहेको आईएमई पे वालेटमा रकम पठाउन सक्नेछन् । भने, वालेटमा आएको पैसा आफ्नो बैंक खातामा पठाएर बैंकबाट निकाल्न समेत सकिने छ ।

‘रोजगारी वा व्यापार व्यवसायका लागि कतारमा रहेका नेपालीहरुले यूनिमोनी कतारबाट पठाएको पैसा आईएमई पे वालेटमा प्राप्त गर्ने गरी आईएमई डिजिटल र आईएमई लिमिटेडसँग सम्झौता भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

योसँगै आईएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्त गर्ने उपभोक्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिनेछ ।

कोभिड–१९ महामारीको समयमा उपभोक्ताहरुले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताएका छन् ।

Read More