सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ?

१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ ।

सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारको तुलनामा प्राथमिक बजार धेरै सुरक्षित मानिन्छ ।
पछिल्लो समय आवेदक संख्या बढ्दा आईपीओ पर्ने सम्भावना पनि कम हुँदै गएको छ । आज, प्राथमिक बजारकै विषयमा विस्तृत चर्चा गरौँ :

संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर सर्वसाधारणबाट उठाइएको सेयर लगानी हो । सामान्यतः १ कित्ता सेयरको मूल्य १०० हुन्छ । अहिले न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने व्यवस्था छ ।

पछिल्लो समय आईपीओ जारी गरेको चन्द्रागिरि हिल्स लिमिटेडको १ लाख ३९ हजारभन्दा धेरै जनालाई आईपीओ परेको छ । आवेदन भने १२ लाख ५१ हजारभन्दा बढी परेको थियो । १५ लाख कित्ता आईपीओ निस्काशन गरेको कम्पनीले प्रतिनिवेदक १० कित्ताका दरले बाँडफाँट गर्दा १० लाखभन्दा बढी आवेदकको हात खाली भयो ।

हालै जारी नेपाल इन्फ्रा स्ट्रक्चर बैंकले जारी गरेको ८ करोड कित्ता आईपीओ भने सबै आवेदकको हातमा पर्ने पक्का छ । किनभने, यसका लागि १५ लाख ३० हजार जनाले मात्र आवेदन दिएका छन् ।

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरिएको धितोपत्रलाई पनि साधारण सेयर भनिन्छ ।

साधारण सेयर लगानीकर्तालाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको ‘ओनर’ मानिन्छ । कम्पनीको ‘ओनर’को हैसियतले साधारण सेयरवालाले बढी जोखिम उठाउनुपर्दछ । साधारण सेयरमा दिइने लाभांश दर कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार तलमाथि हुन्छ ।

अर्काेतर्फ कम्पनी नाफामा जाँदैमा साधारण सेयरवालालाई लाभांश प्राप्त हुन्छ भन्ने पनि हुँदैन । किनभने, साधारण सेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन । कम्पनी अधिक नाफामा जाँदा भने लाभांश पाउने सम्भावना बढ्छ ।

लाभांशको रुपमा कम्पनीले साधारण सेयरवालालाई बोनश सेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिबेञ्चरवाला र अग्राधिकार सेयरवालाहरुलाई भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम साधारण सेयरवालाहरुले दावी गर्न सक्छन् । यसकारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको हो ।

बढी प्रतिफलको लागि बढी जोखिम उठाउन तयार लगानीकर्ताका लागि मात्र साधारण सेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । कदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व व्यहोर्नुपर्ने भएको अवस्थामा पनि साधारण सेयरवालाको दायित्व उनीहरुले लगानी गरेको रकमको हदमा सीमित हुने भएकाले घरघरानाबाट भने व्यहोर्नु पर्दैन ।

सेयर जारी गर्नुअघि कम्पनीहरू नेपाल धितोपत्र बोर्डमा दर्ता हुन्छन् । ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर निस्कासन गर्दा इक्रा नेपालबाट रेटिङ पनि गराउनुपर्छ । लगानीकर्ताले धितोपत्र बोर्ड र इक्रा नेपालको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदैछ भनेर जानकारी लिन सक्छन् ।

कसरी किन्ने सेयर ? ...

Read More
  • MBL - below news