प्राथमिक तहदेखि नै बिमा शिक्षा जरुरी छ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राथमिक तहदेखि नै बिमा शिक्षा जरुरी छ

२०५३ सालमा नेपालका अग्रणी औद्योगिक र व्यापारिक समूहद्वारा संस्थापित प्रभु इन्स्योरेन्स लिमिटेडमा प्रभु समूह तथा कर्मचारी सञ्चय कोषको प्रमुख सेयर हिस्सा रहेको छ । हाल यस निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोडभन्दा अधिक रहेको छ भने ५५ भन्दा अधिक शाखा तथा उपशाखामार्फत बिमा सेवा प्रदान गरिरहेको छ । कम्पनीको अध्यक्षमा कुसुम लामा रहेका छन् भने सन्चित बज्राचार्य प्रमुख कार्यकारी अधिकृत हुन् । स्थापना भएदेखि हालसम्म नेपालको निर्जीवन बिमाको क्षेत्रमा एक प्रतिष्ठित र भरपर्दो बिमकका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको प्रभु इन्स्योरेन्स लिमिटेडले समयानुकूल आफ्ना ग्राहकका लागि आवश्यकता अनुसारका बिमालेखहरू प्रयोगमा ल्याई ग्राहकलाई उच्चस्तरीय बिमा सेवा प्रदान गर्दै आइरहेको बज्राचार्य बताउँछन् । इन्स्योरेन्स कम्पनीमा १२ वर्षसहित विभिन्न कम्पनीमा २७ वर्षको कार्यानुभव रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । उनै बज्राचार्यसँग कारोबारले कोरोना कहरपछिको बिमा कम्पनीका चुनौती, अवसर तथा यसले सिकाएको पाठका बारेमा गरेको कुराकानीको सार :

यत्रो ठूलो वैश्विक महामारीमा कोरोना बिमाका कारण पछिल्लो समय बिमा कम्पनीको धेरै आलोचना भइरहेको छ, किन यस्तो स्थिति आयो ?
कहिलेकाहींँ कुनै नयाँ कार्य एकैचोटि गर्न खोज्दा यस्तै किसिमको समस्या झल्नुपर्ने हुन्छ । कोरोना बिमा नितान्त नौलो प्रोडक्ट पनि हो । संसारमा सितिमिति कसैले नगर्ने यस प्रकारको सुरुवात हामीले ग¥यौं । जुन हतारमा नै गर्नुपर्ने थियो । त्यसैले सुरुका दिनमा यसमा केही त्रुटिहरू भए होलान् । तर, विस्तारै यो समस्या सामान्य भइसक्यो ।

यस्ता विवादले बिमाप्रति आकर्षण घटाउने तर्क पनि गरिन्छ नि ?
म त के भन्न चाहन्छु भने यसलाई विवाद बनाउनु भएन । कसैले सुधार्नुपर्ने देखेको छ भने सुझाव दिनुप¥यो । आखिरमा जेजस्तो भए पनि यसको लाभ त जनताले पाइरहेकै छन् नि । मैले अघि नै भनिसकें, हतारमा आएको नौलो प्रोडक्ट भएकाले केही प्राविधिक त्रुटि भए होलान् । अहिले त्यो सुध्रिँदै गइसक्यो । अब विस्तारै सबैले बुझ्दै जान्छन् र मलाई लाग्छ, अब बिमाप्रतिको आकर्षण घट्ने होइन, बढ्छ ।

कोरोनाका कारण अन्य क्षेत्रमा झैं बिमा क्षेत्रमा पनि नयाँ ढंगले व्यवसाय गर्नुपर्ने स्थिति आएको देखिन्छ । बिमा क्षेत्रका लागि यो अवसर हो वा चुनौती ?
यसमा म सधैं के भन्छु भने हरेक मोडले केही नयाँ अवसर दिन्छ । त्यसलाई कसरी लिने, त्यो आफ्नो कुरा हो । समय गतिशील छ, हामी समयसँग हिँड्नैपर्छ । कोरोनाका कारण बिमा क्षेत्रमा प्राविधिक पक्षलाई जोड दिई नयाँ ढंगले अघि बढ्न थप अवसर प्राप्त भएको छ ।

बिमा कम्पनीहरूलाई जोखिम कत्तिको छ त ?
बिमा कम्पनी भनेकै जोखिम वहन गर्न सञ्चालन भएका हुन् । त्यसैले जोखिम कोरोनाका कारणले मात्र होइन, हरेक कारणले हुन्छ । जोखिम छ-छैन होइन, जोखिम व्यवस्थापन मुख्य कुरा हो । त्यसैले यसका लागि सबै बिमा कम्पनीहरू मिलेर राम्रो जोखिम व्यवस्थापन गरेका छन् ।

बिमा व्यवसायमा अनलाइन प्लेटफर्ममा काम गर्न कत्तिको सहज छ ?
अहिलेको जमानामा प्रविधिको सा¥है महŒवपूर्ण भूमिका छ । बिनाप्रविधि कसैसँग प्रतिस्पर्धा गर्न सकिँंदैन वा भनौं गा¥हो पर्छ । त्यसैले बिमा व्यवसायमा अनलाइन प्लेटफर्ममा काम गर्न सहज÷असहजभन्दा पनि ग्राहकहरूलाई उत्कृष्ट बिमा सेवाका लागि जरुरी छ, जसको बिमा अनलाइनको सुरुवात प्रभु इन्स्योरेन्सले नै गरेको हो ।

बिमा समितिको निर्देशनले सेवा गाउँगाउँ पु-याउन बाध्यात्मक व्यवस्था गरेको छ । तर सोचअनुरूप बिमा व्यवसाय विस्तार भएको छ त ? ...

Read More
  • MBL - below news