काठमाडौं । भनिन्छ कुनै एक घटनाले मान्छेको जीवनमा आमूल परिवर्तन ल्याउन सक्छ । त्यस्तै परिवर्तनकारी घटनासँग तपाईं हामीले पनि साक्षत्कार गरेका होलाउँ ।
यदि छैन भने पनि हामीले अरुका त्यस्ता घटना त पक्कै पनि सुनेको हुनुपर्छ । त्यसमा असफलताका कथाभन्दा पनि सफलताका कथा धेरै होलान् ।
किन भने ग्यारेजबाट सुरु भएको व्यवसायले आज माइक्रोसफ्ट जस्तो प्रतिष्ठित कम्पनी बनेको कथा हामी धेरैले सुनेकै छौं । अनि अहिले विश्वलाई चकित बनाइरहेको टेस्ला, कुनै समय लडखडाउँदै एप्पलले किनिदिन्छ कि भन्दै पर्खाईमा बसेको कथा पनि रोचक नै लाग्ला ।
यस्ता कथा सयौं पुस्ताका लागि प्रेरणाका स्रोत बन्न सक्छन् । माइक्रोसफ्ट र टेस्लाले जस्तै नाजुक अवस्थाबाट विश्व बजारमा पुग्न सफल नेपाली कम्पनी नभएतापनि नेपालकै मुहार फेर्न भने सफल भएका छन् ।
त्यसैको एउटा ज्वलन्त उदाहरण हो, ईसेवा । आज नेपालको डिजिटल अर्थतन्त्र जुनरुपमा अघि बढिरहेको छ, यी सबै कुराको विजारोपण गर्ने श्रेय ईसेवालाई दिँदा फरक नपार्ला । ..





