नबिल सँगको मर्जर हल्लाबारे बोल्यो एनसीसी बैंक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल सँगको मर्जर हल्लाबारे बोल्यो एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसिसी बैंक) Nepal Credit & Commerce Bank Limited ले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने निर्णय नभएको बताएको छ । आइतबार सेयर बजारमा बैंकको सेयर किन्नेहरु बढी देखिएपछि नेप्सेले भित्री सूचना भए जानकारी गराउन भन्दै बैंकलाई पत्र काटेको थियो । 

‘उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने र गाभिने वा प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न, मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा सम्झौता गर्न तथा सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको छ’ बैंकले भनेको छ । बैंकले १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावबाहेक मूल्यमा असर पर्ने कुनै निर्णय नभएको दाबी गरेको छ ।

Read More
  • MBL - below news