१० वित्तीय आरटीजीएसमा थपिए, फाइनान्सबाट ठूलो रकम ट्रान्सफर गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१० वित्तीय आरटीजीएसमा थपिए, फाइनान्सबाट ठूलो रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरतादिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ । 

ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका छन् । यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्ट आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।

Read More