नागरिक एपमा डेटा निःशुल्क गरिँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नागरिक एपमा डेटा निःशुल्क गरिँदै

डेटा निःशुल्क गर्न नेपाल टेलिकम र एनसेलसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफल

काठमाडौँ — सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्ने गरी आन्तरिक छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

‘नेपाल टेलिकम र एनसेल दुवैसँग डेटा निःशुल्क गर्न छलफल अघि बढेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘डेटा निःशुल्क गर्न सम्भव भए पनि कहिलेसम्म गर्ने विषयमा छलफल भइरहेको छ ।’ नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने विषयमा टेलिकमको प्राविधिक टोली र मन्त्रालयका प्रतिनिधिबीच छलफल भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । ‘डेटा शुल्क नलाग्ने व्यवस्था गर्न प्राविधिक रूपमा सम्भव छ,’ उनले भने, ‘मन्त्रालयबाट निर्देशन आएको खण्डमा यसलाई निःशुल्क गर्न सकिन्छ ।’

सरकारले सार्वजनिक गरेको एपको बेटा भर्सन (परीक्षण संस्करण) मा नागरिकले मोबाइल एपबाटै प्यान नम्बर लिनेसहित आफ्नो शैक्षिक विवरण हेर्ने, नागरिक लगानी कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, सञ्चय कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमको विवरण हेर्ने, आफ्नो नागरिकता, राहदानी र मतदाता परिचयपत्रको विवरण हेर्ने काम गर्न सक्छन् । ...

Read More