काठमाडौं । अब राष्ट्रिय वाणिज्य बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने भएको छ । ५६ औं वार्षिकोत्सव पारेर सरकारी स्वामित्वको बैंकले यस्तो सेवा सुरु गरेको हो ।
बैंकका अनुसार स्वदेश तथा विदेश जहाँबाट पनि अनलाइनबाट खाता खोल्न सकिनेछ । आज हामी तपाईंलाई अनलाइनबाटै राष्ट्रिय वाणिज्य बैंकमा खाता कसरी खोल्ने भन्ने विषयमा बताउँदै छौं ।
कसरी खोल्ने ?
सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
त्यहाँ तपाईंले खाता खोल्न आवश्यक कागजातको विवरण देख्न सक्नुहुनेछ । त्यसको अन्त्यमा रहेको प्रोसिड टु अकाउन्ट ओपनिङ फर्ममा क्लिक गर्नुहोस् ।
सेलेक्ट लेखिएको स्थानमा क्लिक गर्नुहोस् र न्यु अकाउन्टमा क्लिक गर्नुहोस् ।
अब त्यसैगरी अकाउन्ट टाइपमा गएर इन्डिभिजुअल छनौट गर्नुहोस् । तपाईं कहाँबाट खाता खोल्दै हुनुहुन्छ, त्यो खुलाउनुहोस् र आफूलाई पायक पर्ने शाखा रोज्नुहोस् ।
अब तपाईं कस्तो खाता खोल्न चाहनुहुन्छ, त्यस मूनी रहेको रातो रङ्गको अप्लाई नावमा क्लिक गर्नुहोस् ।
अब नयाँ फर्म खुल्छ, त्यसमा आवश्यक विवरण भर्नुहोस् र क्याप्चा मिलाएर प्रोसिड बटनमा दबाउनुहोस् । यति गरेसँगै तपाईंको खाता खोल्ने पहिलो चरण पुरा हुन्छ ।
अब भेरिफिकेसनका लागि तपाईंको ईमेलमा एउटा मेल आउनेछ । ..








