नबिलसँग मर्जको चर्चापछि एनसिसी बैंकसँग नेप्सेले माग्यो सूचना


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिलसँग मर्जको चर्चापछि एनसिसी बैंकसँग नेप्सेले माग्यो सूचना

आइतबार सेयर बजारमा एनसिसी बैंकको मूल्य १० प्रतिशतले बढ्यो।

प्रतिकित्ता ३३ रुपैयाँले बढेर मूल्य प्रतिकित्ता ३६४ रुपैयाँ पुग्यो। त्यति मात्रै होइन, बढेको सो मूल्य तिरेर सेयर खरिद गर्न खोज्नेले किन्नै पाएनन्। १० प्रतिशत बढेको मूल्यमा ५ लाख कित्ता खरिदका लागि अर्डर हुँदा बेच्नेहरु थिएनन्। 

यसरी मूल्य बढ्नुका पछाडि नविलसँग मर्ज हुने चर्चा हो। केही सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै मर्जका लागि स्वाप रेसियोमा समेत मोटामोटी सहमति भएको समाचार प्रकाशन गरे।

यहाँसम्म कि कतिपयले एनसिसीको १ सय कित्ता सेयर हुनेले नविलको ४० कित्ता पाउनेगरी मोटामोटी सहमति भएको उल्लेख गरे। 

Read More