वार्षिक उत्सवको अवसर पारी राष्ट्रिय वाणिज्य बैंकको एटिएम सिमकोटमा जडान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वार्षिक उत्सवको अवसर पारी राष्ट्रिय वाणिज्य बैंकको एटिएम सिमकोटमा जडान

हुम्ला, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक को ५६ वार्षिकउत्सबको अबसर पारी राष्ट्रिय वाणिज्य बैंकको सिमकोट शाखामा एटिएम मेसिन जडान गरिएको छ । ५६ वार्षिकउत्सबको अबसर पारी बैंकका शाखा प्रबन्धक सबिता शाहीले एक कार्यक्रमका बिच कार्यालय परिसरमा जडान गरीएको एटिएम मेसिनको रिबन काटेर उदघाटन गर्नु भयो । राष्ट्रिय वाणिज्य बैंक हुम्लाले जिल्लामा पहिलो पटक एटिएम सेवा सुचारु गरेको छ ।

३ महिना लामो ब्यबस्थापन पछि बैंकले सो सेवा सुचारु गरेको हो । एटिएम उदघाटन पछि पहिलो पटक एटिएमबाट नगद निकालेकी बैंक कर्मचारी निर्मला लामिछानेले बिना झन्झट पैशा निकाल्न सकिने भएकाले अब बैंकका ग्राहकहरुलाई सजिलो हुने बताएकी छन् ।

Read More
  • MBL - below news