डिजिटल प्रविधिलाई अझ प्रभावकारी बनाउन जोड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल प्रविधिलाई अझ प्रभावकारी बनाउन जोड

काठमाडौँ, माघ ११ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड ५६औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा शनिबार आयोजना गरिएको समारोहलाई भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आधुनिक डिजिटल प्रविधिलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो । उहाँले विश्वसनीय र ग्राहकमैत्री सेवा प्रवाह महŒवपूर्ण हुने भएकाले नयाँ प्रविधिको उपयोगमा जोड दिनुभयो ।
रावा बैङ्कप्रति आमनागरिकको भरोसा, विश्वास रहेको भन्दै उहाँले बैङ्कले आगामी दिनमा प्रविधिमार्फत दिइने बैङ्किङ सेवाले आमनागरिकमा लाभ पुग्नेगरी ग्राहकमैत्री सेवाका लागि थप कार्य गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बैङ्कले सञ्चालनमा ल्याएका पाँचवटा शाखा कार्यालय र पाँचवटा एक्टेन्सन काउन्टरको एकसाथ भर्चुअल माध्यमबाटै उद्घाटन गर्नुभयो ।


नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कको समग्र स्थितिमा सुधारका लागि विगतमा धेरै कदम चालिएकाले बैङ्कका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताउनुभयो ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आमनागरिकको हितमा रही सामाजिक बैङ्किङसहितको ग्राहकमैत्री सेवामा बैङ्कले जोड दिइरहेको बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराउँदै बैङ्कले डिजिटल सेवालाई जोड दिइरहेको बताउनुभयो । उहाँले २०७७ पुस म

Read More