नबिलसँग १००/४० हुने संभावना भएपछि एनसीसी मर्जरमा जान इच्छुक,हरिसिद्धीकाे जग्गामा नबिल लाेभिएकाे हाे ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिलसँग १००/४० हुने संभावना भएपछि एनसीसी मर्जरमा जान इच्छुक,हरिसिद्धीकाे जग्गामा नबिल लाेभिएकाे हाे ?

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा नजिकिदै जादा फेरि बिग मर्जरले चर्चा पाउन थालेको छ । नेपाल राष्ट्र बैंकले एक महिना भित्रमा मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्ने तयारी गरिरहेका बेला फेरि बिग मर्जरले चर्चा पाउन थालेको हो ।

केन्द्रीय बैंकले फागुनको पहिलो साता मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । गत वर्ष फागुन १९ गते मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गरेको राष्ट्र बैंकले यो वर्ष फागुनको पहिलो साता नै मौद्रिक नीतिको समिक्षा गर्ने तयारी गरेको छ ।

फागुनको पहिलो साता हुने मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षामा बिग मर्जको बिषयले पनि प्राथमिकता पाउने सम्भावना रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले मेरो लगानीलाई बताए । ‘केही वाणिज्य बैंकहरु मर्जरमा जाने इच्छा देखाइरहेका छन्,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘उनीहरुका लागि राष्ट्र बैंकले केही थप सहुलियतका योजना ल्याउन सक्ने सम्भावना देखिएको छ ।’

मर्जरका अलावा व्यवसायीले साँवा ब्याज भुक्तानीको समय पर सार्न गरिएको अनुरोधलाई पनि मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत समाधान गरिने भएको छ । यही साता निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरेका थिए । उक्त भेटमा उद्योगी व्यवसायीले उठाएका जायज माग सम्वोधन हुने गरी मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गरिने आश्वासन गभर्नर अधिकारी दिएका थिए ।

यसैगरी,अटो व्यवसायीहरुको छाता संस्था नाडाले उठाउँदै आएको अटो लोनको सिमा ५० प्रतिशतबाट बढाउनु पर्ने लगायतका बिषयमा पनि मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत समाधान गरिने भएको छ । नाडाले अटो लोनको सीमा बढाउन गभर्नर अधिकारीलाई लिखित तथा मौखिक रुपमा बारम्बार दवाव दिँदै आएको छ ।

गभर्नरको ध्यान बिग मर्जरमा...

Read More