के हो स्टक डिलर ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के हो स्टक डिलर ?

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो ।

कम्पनीले हरेक दिन बजार खोल्नुअघि आफूले खरिद–बिक्री गर्ने कम्पनीको सूची सार्वजनिक गर्नुपर्छ । यसमध्ये मार्केट मेकरले आफूले खरिद–बिक्री गर्ने कम्पनीको नाम र मूल्य पनि सार्वजनिक गर्नुपर्छ । तर स्टक डिलरले कम्पनीको नाम मात्र सार्वजनिक गरे पुग्छ । खरिद–बिक्री गर्ने कम्पनीको मूल्य सार्वजनिक गरिरहनु पर्दैन ।

पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय बजारमा मार्केट मेकरको अवधारणा हराइसकेको छ । हाल धेरै राष्ट्रमा स्टक डिलर मात्र सञ्चालनमा छन् । यस्ता कम्पनीले आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् ।

यी कम्पनीलाई सेयर कारोबारका लागि ब्रोकरसमक्ष जानु पर्दैन । नियामक निकाय (फन्ट लाइन रेगुलेटर) ले छुट्टै ‘लगइन’ दिएको हुन्छ । त्यसैमार्फत आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् । ती कम्पनीले अरूको लगानीकर्ताको सेयर भने खरिद–बिक्री गर्न पाउँदैनन् । अरूको सेयर पनि खरिद–बिक्री गर्न कम्पनीले नियामक निकायबाट सेयर ब्रोकरको पनि अनुमति ल्याउनुपर्छ ।

Read More
  • MBL - below news