राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने व्यवस्थाका लागि बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको हो ।
सम्झौतामा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेन्ट प्रबन्धक अनमोल, आइएमई पेका व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका प्रबन्ध सञ्चालक कुसुम लामा र नेपाल पेका प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराईले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।








