लेखा समूहका कर्मचारीले वेवसाइटबाटै सरुवा आवदेन दिन सक्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लेखा समूहका कर्मचारीले वेवसाइटबाटै सरुवा आवदेन दिन सक्ने

८ माघ, काठमाडौं । महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहका कर्मचारीले अब सरुवा आवेदन दिन कार्यालयमै धाउनु नपर्ने भएको छ । कार्यालयले आफ्नो वेवसाइटको स्तरोन्नती गर्दै सरुवा आवेदन वेवसाइटबाटै दिन सकिने व्यवस्था मिलाएको हो । सहमहालेखा नियन्त्रक तथा कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार लेखा समूहका कर्मचारीले सरुवा हुन चाहेमा वेवसाइटमा राखिएको सरुवा आवेदन आइकनमा क्लिक गरी सरुवा सम्बन्धि निवेदन दिन सक्ने भएका छन् ।

Read More