बैंकमा पनि कोटामा काम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकमा पनि कोटामा काम

गोरखा : राष्ट्रिय वाणिज्य बैंकको गोरखा शाखामा सुन धितो राखेर कर्जा लिन गएका १० जना सोमबार बिहान भित्र पस्नै नपाई फर्किए । अनेक बिन्तीभाउ गर्दा उनीहरूलाई सुरक्षागार्डले भने, ‘क्यासियर सापले कसैलाई भित्र नपठाऊ भन्नुभएको छ । तपाईंहरू भित्र गए मैले गाली खान्छु ।’

धेरै चिन्ता गर्नेलाई उनी थप जवाफ दिइरहेका थिए, ‘क्यासियर सापको सरुवापत्र आएको छ । त्यसैले उहाँले काम गर्न छाड्नुभयो । अब पछि आउनू ।’

क्यासियर विराटकिशोर श्रेष्ठले माघ १ गतेदेखि काम गर्न छाडेका बैंकले जनाएको छ । ‘बरबुझारथको प्रक्रिया चलिरहेकाले अहिले कर्जा प्रवाह रोकिएको हो’, शाखा प्रबन्धक कपिल कार्कीले भने ।
त्यसो त सोमबार मात्र होइन, सुन धितो राखेर कर्जा लिन जानुभयो र तपाईं लाइनको ११ औं नम्बरमा पर्नुभयो भने अरू बेला पनि गार्डले रोक्छ । जति बिन्तीभाउ गर्नुस्, गार्डको एउटै जवाफ हुन्छ, ‘क्यासियर सापले १० जनाभन्दा एक जना पनि भित्र नपठा भन्नुभएको छ ।’ पठाए आफूलाई कराउने उनले बताए ।

Read More
  • MBL - below news