कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकासलगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकांक हो ।
मानव विकास सूचकांकमा हरेक देशका मानवको स्वास्थ्य, शिक्षा, खाना, आवास, सीपलगायतका विविध पक्षको अवस्थालाई समेटिने गरिन्छ । कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकासलगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकांक हो । मानव विकास सूचकांकले व्यक्ति, समुदाय र देशमा उपलब्ध विकल्पहरूको चयन गर्न सक्ने दायरालाई फराकिलो बनाउने कार्य गर्छ । मानव विकासका महत्वपूर्ण तीनवटा आधार रहेका हुन्छन् । पहिलो प्रतिव्यक्ति आय, दोस्रो शैक्षिक स्तर हो भने तेस्रोमा औसत आयु पर्छ ।
मानव विकास सूचकांक निकाल्दा माथिका तीनवटै पक्षलाई आधार मानेर कुनै पनि भौगोलिक एकाइ, जाति, समुदाय आदिलाई समेटेर मानव विकासको अवस्थालाई संख्यात्मक प्रस्तुति गरिन्छ । यसभित्रका प्राप्त तथ्यलाई शून्यदेखि १ सम्म राखेर मापन गर्ने अन्तर्राष्टिय प्रचलन रहेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत हरेक तीन वर्षमा तथ्यांक प्रकाशन गरिन्छ, जसअन्र्तगत १ सय ८९ देशहरूमध्ये नेपाल १ सय ४९ औं स्थानमा रहेको छ । हाम्रो देश पहिलेको भन्दा स्तर सुधार गरेर मध्यम स्थानमा उक्लन पुगेको हो । यो आमनेपालीले गर्व गर्ने विषय पनि अवश्य हो । नेपालको राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत सार्वजनिक गरिएको सूचकांकमा नेपालको अवस्थामा सुधार आउने निश्चित देखिएको छ ।








