काठमाडौं । ‘नागरिक एप’प्रति आमनागरिकको आकर्षण बढेको छ । गत शुक्रबार सार्वजनिक गरिएको नागरिक एप डाउनलोड गर्नेको संख्या सोमबारसम्म २ लाख ३९ हजार ७७० पुगेको हो । चार दिनमा आम नागरिकले नागरिक एप डाउनलोड गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेलले बताए । ‘एप डाउनलोड गरेकामध्ये ६३ हजार ६६१ जनाको प्रमाणीकरण भइसकेको छ,’ उनले भने ‘प्रमाणीकरण भएकाले स्थायी लेखा नम्बर ‘प्यान’मा समेत जोडिसकेका छन् ।
डाउनलोड गरिएको नागरिक एपमध्ये विभिन्न कारणले १ लाख ७५ हजार ८८९ को विवरण प्रमाणीकरण हुनसकेको छैन । एप प्रमाणीकरण भएकामध्ये ६० हजारले एप प्रयोग गरिसकेका छन्,’ पोखरेलले भने । ‘सञ्चार र सूचनाप्रविधिको टेवा, हातहातमै सरकारी सेवा’भन्ने नाराका साथ शुरु भएको एन्ड्रोइडएपमा २८ हजार ७४१ जनाले प्यानमा लिङ्क गराइसकेका छन् उनले भने ‘मोबाइल बोकेपछि सबै सुविधा पाउन सकिन्छ ।’
...





