मृतकका परिवारले पाए १ करोड ३२ लाख बीमा दाबी भुक्तानी


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
मृतकका परिवारले पाए १ करोड ३२ लाख बीमा दाबी भुक्तानी

पोखरा, ४ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका स्व. सुरेश बहादुर केसीको परिवारलाई रु १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी श्रीमति र दुई बच्चालाई सो रकम हस्तान्तरण गरेको हो ।

केही समय अगाडी कोरोनाको कारण मृत्यु भएका केसीले नेपाल लाइफ इन्स्योरेन्समा जिवन बिमा गराएका थिए । करीब १ करोडको जिवन बिमा गराएका केसीले ५ किस्ता मात्र बुझाए पछि उनको निधन भएको थियो । सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमति चिनुमाया केसीले आफुहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । श्रीमति केसीले श्रीमानको मृत्यले दुखित भएता पनि परिवारका लागी सो बिमा रकमले सहयोग पुगेको बताउनुभयो ।

Read More
  • EBL