एक महिनामै क्युआर कोर्डमार्फत सवा १ अर्बको भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक महिनामै क्युआर कोर्डमार्फत सवा १ अर्बको भुक्तानी

काठमाडौं । मंसिर महिनामा क्युआर कोर्डमार्फत भुक्तानी रकम बढेर एक अर्ब २५ करोड ६० लाख पुगेको छ । कार्तिकसम्म ९३ करोड ९० रहेको उक्त कोर्डमार्फत भुक्तानी अहिले एक महिनामै ४३ प्रतिशले बढेको हो । यसको अर्थ आम उपभोक्ताहरूले वस्तु तथा सेवाको खरिदमा डिजिटल प्रविधिको प्रयोग बढाएका हुन् । क्युआर कोर्डमार्फत अहिले दिनको १ लाख रुपैयाँ र महिनाको १० लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।

मंसिरमा उपभोग्य वस्तुको खरिदमा ३ लाख ४३ हजार ५ सयभन्दा बढी पटक क्युआर कोर्डको प्रयोग भएको छ । कात्तिकमा रकम भुक्तानीका लागि २ लाख ४१ हजार ८ सय पटक क्युआर कोडको प्रयोग भएको थियो । यो माध्यमबाट हुने भुक्तानी रकममा समेत कार्तिकको भन्दा मंसिरमा करिब ३४ प्रतिशतले वृद्धि भएको छ । 

‘सजिलो, सहज र सुरक्षित भएकाले क्युआर कोर्डको प्रयोग बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘पुसमा क्युआर कोर्डमार्फतको भुक्तानी अझ बढ्छ ,’उनले भने ‘आम उपभोक्ताको दैनिक बढी फ्लो हुने स्थान कालिमाटी तरकारी बजार र नक्सारमा पनि यो कोर्ड लागू भइसकेको छ ।’

Read More