४३ प्रतिशतले बढ्यो क्युआर कोडबाट भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
४३ प्रतिशतले बढ्यो क्युआर कोडबाट भुक्तानी

२ लाख ४१ हजारपटक कात्तिकमा प्रयोग भएको क्युआर कोडमार्फत भुक्तानी मंसिरमा ३ लाख ४३ हजारपटक पुग्यो

उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा क्युआर कोडको प्रयोग ४३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकमा भुक्तानीका लागि २ लाख ४१ हजारपटक क्युआर कोडको प्रयोग भएको थियो । मंसिरमा यो संख्या बढेर ३ लाख ४३ हजारपटक पुगेको छ । यो माध्यमबाट हुने भुक्तानी रकममा समेत उक्त अवधिमा करिब ३४ प्रतिशतले वृद्धि भएको छ । कात्तिकमा ९३ करोड रुपैयाँबराबरको भुक्तानी भएको क्युआर कोडबाट मंसिरमा १ अर्ब २५ करोड भुक्तानी भएको छ । 

नक्साल तरकारी बजारमा पहिलोपटक १० पुसमा भुक्तानी माध्यमका रूपमा क्युरआर कोडको प्रयोग गरिएको थियो । सो दिनबाट राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरिने बताएको थियो । ‘यो सजिलो र सुरक्षित दुवै छ, त्यसैले पनि यसको प्रयोग वृद्धि भइरहेको हो,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । पछिल्लोपटक कालिमाटी तरकारी बजारलगायतमा समेत यस्तो भुक्तानी माध्यमको प्रयोग सुरु गरिएको छ ।  ...

Read More