पाल राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण भएको छ। अन्तर्राष्ट्रिय दातृनिकाय DFID को सहयोगमा Access to Finance अन्तर्गत Ukaid Sakchyam सँगको सहकार्यमा २०७६÷०५÷२६ (सन् २०१९ सेप्टेम्बर १२) देखि यस बैंकमा सञ्चालनमा रहेको Real Time Gross Settlement (RTGS) System तथा Modular Data Center औपचारिक रुपमा हस्तान्तरण गरी नेपाल राष्ट्र बैँकले लिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि Rob Clark, Ukaid Sakchyam का प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको सुरुवातमा Ukaid Sakchyam का तर्फबाट Team Leader निर्मल दाहालले Real Time Gross Settlement (RTGS) System तथा Modular Data Center Project को विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त Project कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्ने सिलसिलामा भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेलले RTGS System मार्फत हुने कारोवारहरु हाल मासिक औसत रु. १३ खर्ब बराबर रहेको, सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको जानकारी दिनु हुंदै नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने RTGS System कार्यान्वयनमा ल्याउन सहयोग गर्नुहुने Ukaid Sakchyam प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा Real Time Gross Settlement (RTGS) System हस्तान्तरण गरी लिनका लागि UkaidSakchyam का Team Leader निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेलबीच Real Time Gross Settlement (RTGS) System Handover Certificates आदानप्रदान भयो । त्यस्तै Modular Data Center हस्तान्तरण गरी लिनका लागि Ukaid Sakchyam का Team Leader निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच Modular Data Center Handover Certificates आदानप्रदान भएको थियो ।





