सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

काठमाडौं । सरकारले संभव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त एप सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय विभिन्न सरकारी सेवा क्रमशः अनलाईनमार्फत उपलब्ध गराउन थालिएको छ । तर सेवा लिने माध्यम फरक फरक हुँदा सेवाग्राहीलाई झन्झट हुनेगरेको भन्दै सरकारले सबै सेवालाई समेट्ने गरी नागरिक एप ल्याएको हो । यसले जनताको हातहातमा सरकारी सेवा पुर्‍याउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले बताएका छन् ।

सचिव बस्यालका अनुसार वेटा भर्सनमा सार्वजनिक गरिएकाे एपमा हाल ९ वटा सेवा समेटिएकाे छ । २०७५/७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारको रुपमा लिइएको छ । त्यसैले यो एप राष्ट्रिय गौरवको आयोजना समेत बनाइएकाे मन्त्री गुरुङले बताएका छन् ।

Read More