अब सरकारी सेवा लाइनबाट होइन अनलाइनबाट : मन्त्री गुरुङ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब सरकारी सेवा लाइनबाट होइन अनलाइनबाट : मन्त्री गुरुङ

माघ २, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पुर्‍याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन् ।

शुक्रवार आयोजित नागरिक एप्स’को शुभारम्भका क्रममा उनले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।    
     
उनले नागरिक एप्स नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्वपूर्ण प्रयास भएको बताए ।

साथै उनले सरकारी सेवा र सूचना हातहातमा कसरी पुर्‍याउन सकिन्छ, सबै कागजपत्रलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर रहेको पनि बताए ।  

Read More