इकमर्श कम्पनीले सामान किनबेच गर्न अनिवार्य वेबसाइट बनाउनु पर्ने!


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इकमर्श कम्पनीले सामान किनबेच गर्न अनिवार्य वेबसाइट बनाउनु पर्ने!

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इकमर्श कम्पनीहरूले सामान किनबेच गर्न अनिवार्य वेबसाइट बनाउनु पर्ने व्यवस्था गर्ने तयारी थालेको छ। 

विद्युतीय व्यापार व्यवस्थापन गर्न तयार पारेको विधेयक मस्यौदामा विद्युतीय कारोबार गर्न अनिवार्य वेबसाइट चाहिने उल्लेख छ।
मन्त्रालयले यो मस्यौदामा हाल राय तथा सुझाव पनि मागेको छ। 

मन्त्रालयले मस्यौदा आफ्नो वेबसाइटमा राख्दै कुनै राय तथा सुझाव भए मन्त्रालयको बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा पठाउन आग्रह गरेको हो।

‘विद्युतीय व्यापार गर्ने प्रत्येक व्यवसायीले आफ्नो व्यापार वा व्यवसायका सम्बन्धमा उपभोक्ता, ग्राहक वा क्रेताले चाहेको जुनसुकै बखत सुसूचित निर्णय लिन सक्ने गरी तोकिएको बमोजिम वेबसाइट (विद्युतीय माध्यम) खडा गर्नुपर्ने छ,’ मस्यौदामा उल्लेख छ। 

Read More