माघ १, काठमाडौं । कोभिड–१९ को असहज परिस्थितिमा अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरिएकोमा माघ १ गतेदेखि शुल्क लागू भएको छ । जसअनुसास नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ शुल्क निर्धारणसमेत गरेको छ ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले गत बिहीवार परिपत्र गर्दै एटीएम प्रयोगकर्ताले जुनसुकै बैंकबाट मासिक २ पटकसम्म नगद झिक्दा निःशुल्क र यसपछि प्रतिकारोबार अधिकतम रू.२० सम्म शुल्क लिन निर्देशन दिएको छ ।





