क्युआर कोड लाेकप्रिय बन्दै, चिया पसलदेखि बस भाडामा समेत नगद तिर्न छाडिँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्युआर कोड लाेकप्रिय बन्दै, चिया पसलदेखि बस भाडामा समेत नगद तिर्न छाडिँदै

सामान्य चिया पसलदेखि तरकारी बजारसम्म भुक्तानीका लागि आकर्षक माध्यम बनेको छ, क्युआर कोड। महामारीको समयमा पैसाको कम कारोबार गर्न क्यासलेस माध्यम अर्थात क्युआर कोडकाे प्रयोग दैनिक बढ्दो क्रममा छ। 

 

केन्द्रिय बैंकको तथ्याङ्क हेर्ने हो भने पछिल्लो समय विद्युतिय माध्यमबाट हुने भुक्तानी लगातार बढ्दो क्रममा छ। झनै कोरोना महामारी पछि त यसको प्रयोग ह्वातै बढेको छ। साना-साना कारोबार गर्न पनि क्युआर कोड स्क्यान गरेर सहजै गर्न सकिने भएकोले यसको आकर्षण बढ्दो छ।

केन्द्रिय बैंकले अहिले क्युआर कोड मार्फत हुने भुक्तानीलाई अभियानकै रुपमा अघि बढाएको छ। एक वर्षभित्र हरेक तरकारी बजारमा क्युआर कोडबाट हुने भुक्तानी गर्न सकिने व्यवस्था गर्ने योजना उसको छ। सोही अनुसार उपत्यकाका दुई ठूला तरकारी बजारमा समेत यसको सुरुवात भइसकेको छ।

सनिमा बैंकले नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ भने कालिमाटी बजारमा पनि प्रभु बैंकले क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। यस्तै, अन्य तरकारी बजारमा पनि यसको सुरुवात हुने चरणमा रहेको छ।

केन्द्रिय बैंकले बैंकका शाखा कार्यलयलाई पनि आफु नजिकको तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्न आग्रह गरिरहेको छ। नेपाल बैंकर्स एशोसिएसनको वार्षिक कार्यक्रममा केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षभित्र तरकारी किन्न जाँदा पैसा बोकेर जानु नपर्ने बताएका थिए।

उनले विभिन्न कार्यक्रममा पनि विद्युतिय भुक्तानी सहज हुने भन्दै आफुले पैसा तथा चेकको कारोबार गर्न छोडिसकेको बताउँदै आएका छन्।

सामान्य चिया पसलमा पनि अहिले क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हुन्छ। जसले गर्दा ग्राहकलाई पैसा बोकेर हिडिराख्नु पर्दैन, मोबाइलबाटै भुक्तानी गर्न सक्छन्। बस चढ्दा १५-२० रुपैयाँको गाडीभाडा समेत क्युआर कोडबाट भुक्तानी हुन थालिसकेको अवस्था छ। काेराेना भाइरसकाे महामारी शुरु भएपछि धेरैले क्यास काराेबारलाई घटाएर विद्युतिय कारोबारलाई प्राथमिता दिएका छन्। अझ युवा वर्गमा त यसको आकर्षण बढी नै छ।

लकडाउनपछि कोरोना सर्ने डरले पनि आफुले पैसाको कारोबार खासै नगरेको कलंकी निवासी बिक्रम बस्नेत बताउछन्। उनले अहिले सामान खरिददेखि रेष्टुराँमा खाएको बिल समेत आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङको सहायताले क्युआर कोर्ड स्क्यान गरेर भुक्तानी गर्ने गरेका छन्। विद्युतिय भुक्तानीको व्यवस्था नभएको ठाँउमा मात्रै पैसाको कारोबार गर्ने गरेको उनी बताउछन्।

पछिल्लो समय क्युआर कोडबाट हुने भुक्तानीमा पनि वृद्धि हुँदै गएको केन्द्रिय बैंकका भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेल बताउछन्। केन्द्रिय बैंकले सार्वजानिक गरेको तथ्याँकमा पनि विद्युतिय भुक्तानी बढ्दै गएको देखिन्छ।

क्युआर काेडमा आधारित भुक्तानी गत साउनमा ५८ करोड रुपैयाँ रहेकोमा भदौमा ६४ करोड, असोजमा ९६ करोड रुपैयाँ पुगेको थियो। कार्तिकमा पनि ९३ करोड रुपैयाँभ

Read More