एभरेष्ट बैंकद्वारा फोनपेसँगको सहकार्यमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट बैंकद्वारा फोनपेसँगको सहकार्यमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू

काठमाडौं । एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ । 

साथै बैंकका व्यवस्थापकहरुका अनुसार यस विद्युतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोविड(१९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रिया को अन्त्य गर्नेछ ।   

कोविड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो । 

Read More
  • MBL - below news