भायानेट ‘ह्याक’ गरेर ग्राहकको विवरण सार्वजनिक गर्ने १८ वर्षीय ‘नरपिचास’ पक्राउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भायानेट ‘ह्याक’ गरेर ग्राहकको विवरण सार्वजनिक गर्ने १८ वर्षीय ‘नरपिचास’ पक्राउ

प्रहरीले ईन्टरनेट सेवा प्रदायकको ग्राहकहरुको तथ्याङ्कमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ। ईन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटको विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखेर ग्राहकहरुको विवरण सामाजिक सञ्जाल सार्वजनिक गरेको आरोपमा प्रहरीले ‘नरपिचास’ नामबाट ट्वीटर, फेसबुक र ईन्स्टाग्राममा चलाउने व्यक्तिलाई पक्राउ गरेको हो।  

उनी रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने करिब १८ वर्षीय युवक रहेको प्रहरीले जनाएको छ। उनको नाम प्रहरीले खुलाएको छैन। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More