काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको आज आइतबार सम्पन्न १३ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेको छ।
काठमाण्डौको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट आयोजना गरिएको सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गरेको हो। बैंकले गत आर्थिक वर्षका लागि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने बोनस सेयर र ३ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्।
यसैगरी सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको हो।








