काठमाडौं । अब नबिल बैंककाग्राहकलेले एटीएम कार्डको पिन नम्बर बिर्सिँएमा आफै परिवर्तन गर्न सक्ने भएका छन् । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गरेसँगै बैंकको एटिएम बुथबाटै पासवर्ड रिसेट तथा परिवर्तन गर्न सकिने सुविधा ल्याएको हो । यसअघि बैंकका ग्राहकले पासवर्ड बिर्सिँदा बैंकमै सम्पर्क राख्नुपर्ने बाध्यता रहेको थियो । मोबाइल नम्बरका आधारमा पिन नम्बर रिसेट गर्न सकिने भएपछि बैंकका ग्राहकले बिर्सिँदा समेत चिन्तित हुनुपर्ने छैन । तर यसका लागि बैंककै एटीएम मसिन प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ ।




