विदेशी पर्यटक नआएपछि एटिएम बुथ ह्याक हुन छाडे, बैंकका कर्मचारी भन्छन्, ‘अहिले एटिएम बुथ सुरक्षित छन्’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विदेशी पर्यटक नआएपछि एटिएम बुथ ह्याक हुन छाडे, बैंकका कर्मचारी भन्छन्, ‘अहिले एटिएम बुथ सुरक्षित छन्’

विदेशी पर्यटक भएर नेपाल भित्रिने र एटिएम बुथ ह्याक गर्दै मोटो रकम लिएर बिदेश भाग्ने क्रम रोकिएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै विदेशी पयर्टक बनेर आउने ठगहरुको गिरोहमा कमी आएका कारण एटिएम बुथ ह्याक हुन छाडेका हुन् ।

 

कोरोना भाइरसको संक्रमणअघि विदेशी पर्यटक बनेर आउने ठगका कारण एटिएम बुथ असुरक्षित बनेका थिए । तर, पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै विदेशी पर्यटक बनेर आउने ठगहरुमा कमी आएका कारण एटिएम बुथहरु सुरक्षित भएका हुन् ।

अध्यागमन विभागका अनुसार कोरोना भाइरसका कारण सन् २०२० मा कुल २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिएका छन् । सन् २०२० मा वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ पर्यटक आएका छन् । यो संख्या पछिल्लो ३४ वर्षयताकै सबैभन्दा कम भएको विभागको तथ्यांकले देखाउँछ । विदेशी पर्यटक आउने क्रममा कमी आएकाले पनि एटिएम बुथ सुरक्षित बन्न पुगेका हुन् ।

अहिले एटिएम बुथहरु सुरक्षित रहेको माछापुच्छ्रे बैंकका सूचना तथा प्राविधी शाखाका प्रमुख हेमकुमार श्रेष्ठले बताए । ‘पछिल्लो समय एटिएम ह्याक सम्बन्धि क्रियाकलाप केही देखिएका छैनन्,’ उनले भने, ‘बैंकिङ समुदाय (कम्युनिटी)मा आइएसओ भन्ने छ, उहाँहरुको काम केही चुनौती (थ्रेट) आइरहेको छ भने त्यस्तो सूचना बैंकिङ कम्युनिटीलाई नै दिने गर्नु हुन्छ, पछिल्लो समयमा उहाँहरुले त्यस्तो सुरक्षाको चुनौती आएको खबर गर्नु भएको छैन् ।’

Read More