युनियन लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनियन लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

पुस २५, रोल्पा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पाको थबाङ गाउँपालिका–३ मिरुलका पुनबहादुर रोकाको मृत्यु दाबी रकम शनिवार हस्तान्तरण गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा गत फागुन २४ गते कतारमा ज्यान गुमाएका रोकाको बीमा रकम १० लाख, क्रिया खर्च बापत रू. १ लाख र आय नोक्सानी बापत रू. २ लाख गरी जम्मा रू. १३ लाखको चेक मृतकका भाई श्यामप्रसाद रोकालाई हस्तान्तरण गरिएको हो । 

युनियन लाइफ रोल्पा शाखाद्वारा लिबाङमा आयोजित मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रदेश उप–प्रमुख गोविन्द रेग्मीले मृतकका भाई श्यामप्रसाद रोकालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

उक्त बीमाको दाबी भुक्तानी यसअघि नै हुनुपर्ने भए तापनि कोरोना महामारीका कारण केहि ढिलाई भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखा प्रबन्धक सुनिल ओलीले जानकारी दिए । 

Read More
  • MBL - below news