कालिमाटी तरकारी बजारमा पनि अब क्यूआर कोडबाट भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कालिमाटी तरकारी बजारमा पनि अब क्यूआर कोडबाट भुक्तानी

२४ पुस, काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि नगद रहित (क्यूआर कोड) विद्युतीय भुक्तानीको सुरुवात भएको छ । यस अघि नक्सालको तरकारी बजारमा पनि शुरु भएको थियो । शुक्रबार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सय रुपैयाँको काउली र ३ सय रुपैयाँको  खरिद गरेर क्यूआर पेमेन्टको शुरुवात गरे ।

प्रभु बैंकको सक्रियतामा क्यूआर पेमेन्टको कालीमाटीमा शुरुवात भएको हो । गभर्नर अधिकारीले उद्घाटन गर्दै अब गाउँ गाउँमा अनलाइन भुक्तानी पुग्ने बताए । उनले सुरक्षित कारोबारका लागि पनि अनलाइन कारोबार भुक्तानी सबैले रोज्नु पर्ने बताए ।

नक्साल तरकारी बजार  र कालिमाटी तरकारी बजारमा नगद सहित कारोबार क्युआर कोडको सुरुवात गरिएको र वर्षभरी देशव्यापी रुपमा क्युआर कोड सेवा सञ्चालनमा ल्याउने बताए ।

Read More