काठमाडौं । एप्पलको एप स्टोरमार्फत प्रयोगकर्ताले सन् २०२० को अन्तिम सातामा मात्रै १.८ अर्ब डलर (२ खर्ब १० अर्बभन्दा बढी) को डिजिटल वस्तु र सेवा खरिद गरेका छन् । योसँगै एप स्टारेमा नयाँ रेकर्ड समेत बनेको छ ।
गत वर्षको सोही अवधिमा १.४२ अर्ब डलर खर्च गरेका थिए । तर, यो वर्ष भने हालसम्मकै रेकर्ड राख्दै प्रयोगतर्काले १.८ अर्ब डलर बराबरको एप खरिद गरेका छन् । यसको प्रमुख कारण कोरोनालाई लिइएको छ ।
कोरोनका कारण सिर्जना भएको अहिलको अवस्थामा मानिसहरू डिजिटल सेवामा निर्भर हुन थालेकाले पनि यस्तो एप खरिद बढेको हो ।
‘प्रयोगकर्ताले घरबाटै कार्यालयमा काम गर्नुपर्ने, अनलाइन कक्षामा सहभागी हुनुपर्ने र परिवारसँग सम्पर्कमा रहनुपर्ने भएकाले एपको धेरै प्रयोग भएको छ,’ कम्पनीले भनेको छ, ‘जसले गर्दा गत वर्षको तुलनामा एपमा प्रयोगकर्ताको लगानी धेरै भएको हो ।’





