आरम्भ चौतारीले दुई लघुवित्तलाई गाभ्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आरम्भ चौतारीले दुई लघुवित्तलाई गाभ्ने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले थप दुई वटा वित्तीय संस्थालाई गाभ्ने भएको छ । सो संस्थाले देउराली लघुवित्त वित्तीय संस्था र विपिडब्ल्यू लघुवित्त वित्तीय संस्थालाई गाभ्न लागेको हो । 

एक आपसमा संस्था गाभ्ने भन्दै गत असोज ९ गते नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिका लागि निवेदन दिइएको थियो । सैद्धान्तिक सहमतिका लागि आवेदन गर्दा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई गाभ्ने निर्णय भएको  थियो । तर, यही पुस ७ गते ती संस्थासँगको प्रारम्भिक सहमति रद्द गरेको केन्द्रीय बैंकलाई जानकारी गराएको थियो । 

केन्द्रीय बैंकले पछिल्लो सहमतिलाई यही पुस २२ गते बुुधबार एक आपसमा गाभिनका लागि स्वीकृति दिएको छ । आरम्भ चौतारीका अध्यक्ष जगतबहादुर पोखरेलका अनुसार कूल शेयरपूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको छ । यस्तै गाभिन लागेको विपिडब्लयूको रु दुई करोड तीन लाख शेयर पूँजी छ भने देउरालीको रु दुई करोड ४० लाख शेयर पूँजी छ ।

Read More
  • MBL - below news