के हो बुक बिल्डिङ विधि, यसमा कसरी बिक्री हुन्छ आइपीओ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के हो बुक बिल्डिङ विधि, यसमा कसरी बिक्री हुन्छ आइपीओ ?

काठमाडौं : धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नका लागि तयारी गरेको छ । जस अनुसार यसका लागि संस्थागत लगानीकर्ता पनि छनोट गरिएको छ । बोर्डका अनुसार बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रयोजनका लागि ४६ वटा संस्थागत लगानीकर्ताको सूची तयार पारेको छ । बोर्डले केही समयअघि इच्छुक संस्थागत लगानीकर्ताहरूसँग आवेदन माग गरेको थियो ।

उक्त समयमा ६२ वटा संस्थाहरुले निवेदन दिएका थिए । निवेदन दिनेमध्ये वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा अन्य आवश्यक विवरण पेश गरेका ४६ संगठित संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न बोर्डले स्वीकति प्रदान गरेको हो । 

यही बेला सर्वसाधारणमा जिज्ञासा छ के हो बुक बिल्डिङ ? 

बुक बिल्डिङ प्रणाली नेपालका लागि नयाँ अभ्यास हो । यसअघि प्रिमियमबाट आइपीओ जारी गरिने गरेको भए पनि बुक बिल्डिङ भने चलनमा थिएन । अब यो अन्तर्राष्ट्रिय अभ्यासको पनि यहाँ सुरु हुँदैछ । बुक बिल्डिङ भनेको सामान्य हिसाबमा बुझ्दा प्रतिस्पर्धात्मक माध्यमबाट मूल्य निर्धारण गरेर कुनै कम्पनीले आइपीओ जारी गर्ने प्रक्रिया हो । 

कुनै कम्पनीले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्न चाहे नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त संस्थागत लगानीकर्ताबाट उनीहरुले तिर्न चाहेको मूल्य र किन्न चाहेको सेयर संख्याको निवेदन माग गर्नुपर्छ । यसरी निवेदन माग गर्दा कम्तीमा पनि १० वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य लिनुपर्ने व्यवस्था गरिएको छ ।
उदाहरणका लागि कुनै कम्पनीको सेयरलाई १० वटा संस्थागत लगानीकर्ताबाट तिर्न चाहेको मूल्य र सेयर संख्याको सूची गोप्य रुपमा प्राप्त भयो । अब ती संस्थागत लगानीकर्ताबाट प्राप्त मूल्यका आधारमा उक्त कम्पनीको आइपीओ बिक्रीका लागि एउटा आधार मूल्य तय गरिन्छ ।

आधार मूल्य तय गरेपछि त्यसको २० प्रतिशत कम र २० प्रतिशत बढी गरी अन्तिम बिक्री मूल्यको सीमा निर्धारण गरिन्छ । अनि, यही सीमाभित्र मूल्य बढाबढ गर्न लगाई जारी गर्न लागिएको कुल सेयरको ४० प्रतिशत आइपीओ उक्त कम्पनीले संस्थागत लगानीकर्तालाई बिक्री गर्दछ । मूल्य बढाबढमा सबैभन्दा बढी तिर्नेबाट माग अनुसारको सेयर बाँडफाँड गरिन्छ । जुन मूल्यमा जारी सबै सेयर बिक्री भइसक्छ, त्यहाँ कट अफ भाउ तय हुन्छ ।  

....

Read More
  • MBL - below news