बैंक र भुक्तानी सेवा प्रदायकलाई एउटै छातामुनि ल्याउन ‘स्मार्ट क्यूआर’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंक र भुक्तानी सेवा प्रदायकलाई एउटै छातामुनि ल्याउन ‘स्मार्ट क्यूआर’

काठमाडौं । आजभन्दा २० वर्षअघिको बैंकिङ क्षेत्र र आजको बैंकिङ क्षेत्रलाई दाज्ने हो भने आमूल परिवर्तन भएको छ । कुनै समय बैंकबाट पैसा निकाल्न ‘चेक’ भन्दा हामीसँग अर्को विकल्प थिएन । जसले गर्दा सेवाग्राही बैंकमै पुग्नुपर्ने बाध्यता थियो ।

त्यसको समाधानको रुपमा एटीएमको सुरुवात भयो । जुन सेवाग्राही बैंकमा नगई कारोबार गर्नसक्ने एउटा माध्यम थियो । तर, त्यसमा पनि सुरुमा बैंकअनुसार आ-आफ्नै एटीएम थिए ।

हिमालयन बैंकको आफ्नै, नविल बैंकको आफ्नै एटीएम । त्यो हुँदा पैसा निकाल्न जुन बैंकको कार्ड हो, त्यही बैंकको एटीएममा जानुपर्ने बाध्यता पनि हामीले भोगेका हौं ।

अहिले पनि हामी त्यही एटीएम मेसिन नै प्रयोग गरिरहेका छौं । तर, शैलीमा भने परिवर्तन भएको छ । प्रविधिको विकासले एटीएममा धेरै परिवर्तन आएको छ । अहिले हामी जुनसुकै बैंकको कार्ड भएता पनि कुनै पनि एटीएम मेसिनमा प्रयोग गर्न सक्छौं ।

होला, त्यसका लागि हामीले केही शुल्क ब्यहोर्नुपर्छ । तर, त्यो सानो शुल्कभन्दा पनि हाम्रो लागि सहजता महत्वपूर्ण भयो ।

Read More