नेपाल क्रेडिट एण्ड कमर्स बैकले २३ औं साधारण सभा बोलाएको छ । बैंकले माघ ९ गते विहान १० बजे बैंकको केन्द्रिय कार्यलय बागबजारमा साधारण सभा बोलायको हो ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १०.२६९५ प्रतिशत बोनश सेयर र ०.५४०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।साधारण सभाले लाभांश पारितका साथै बैंकको प्रबन्धपत्रमा संसोधन गर्ने, प्रबन्धपत्र संसोधन प्रयोजन लागि सञ्चालक समितीलाई अख्तियारी दिने, बैंकले अन्य बैंक तथा बित्तिय संस्थाहरु संग मर्ज वा एक्वीजिशन सम्बन्धीकार्यका लागि सञ्चालक समितीलाई अख्तियारी दिने लगायत विविध बिषयमा छलफल गरी र्निणय गर्ने छ ।
बैंकले पुस २१ गतेका लागि बुकक्लोज गर्ने र्निणय गरेको थियो । पुस २० गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।









