डाटाबाट नेट प्रयोग उच्च


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डाटाबाट नेट प्रयोग उच्च

काठमाडौं : नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड)को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९ लाख २१ हजार १ सय ८० छन्। करिब एक चौथाइ प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्।

प्राधिकरणका अनुसार मोबाइल डाटाबाट इन्टरनेट चलाउने १ करोड ७५ लाख ७५ हजार ४ सय १९ जना छन्। तथ्यांकअनुसार फिक्स इन्टरनेट प्रयोग गर्ने ६३ लाख ४५ हजार ७ सय ६१ छन्। यसमा तारको मद्दतबाट ब्रोडब्यान्ड प्रयोग गर्ने ६१ लाख १९ हजार ९९ छन् भने बिनातार अर्थात् वायरलेस ब्रोडब्यान्ड प्रयोग गर्ने २ लाख २६ हजार ६ सय ६२ छन्। ब्रोडब्यान्ड चलाउनेमध्ये मोबाइल ७३ प्रतिशत, फिक्स वायर २६ प्रतिशत र फिक्स वायरलेस १ प्रतिशत छन्।

सहज प्रविधि र मोबिलिटीका कारण मोबाइल डाटाबाट इन्टरनेट प्रयोग गर्ने धेरै देखिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। पछिल्लो समय नेपालमा स्मार्टफोन प्रयोगकर्ता पनि बढेका छन्। स्मार्टफोनमा  सहजै इन्टरनेट चलाउन सकिन्छ। सिम किन्यो, डाटा अन गर्‍यो इन्टरनेट चलिहाल्छ। फिक्स इन्टरनेटको प्रयोग बढ्ने गरी नेपालमा आवश्यक पूर्वाधारको विकास भइसकेको छैन। भौगोलिक जटिलता र महँगो लागतले गर्दो धेरै पहाडी र हिमाली जिल्लामा फाइबर सेवाको विस्तार हुन सकेको छैन। 

Read More