पुस २१ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्श बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्शको १०.२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३२४ रुपैयाँ तोकेको छ। बैंकको हिजो अर्थात पुस २० गतेको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ३५७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
त्यसैगरी, नेप्सेले गुहेश्वरीको ८ प्रतिशत बोनस शेयर समायोजनपश्चात फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकेको छ। फाइनान्सको २०८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो।
नेपाल क्रेडिट एण्ड कमर्श बैंकले माघ ९ गते, केन्द्रिय कार्यालय, बागबजारमा बिहान १० बजे तेइसौँ वार्षिक साधारण सभा बोलाएको छ।









