नेपाल राष्ट्र बैंकको १० प्रतिशत लगानी रहेको कनेक्ट आइपीएस नाफाकेन्द्रित भएपछि यसलाई पूर्ण सरकारी स्वामित्वमा लगिने भएको छ। प्रचार प्रसार गर्दा राष्ट्र बैंकद्वारा प्रवर्द्धन भएको भन्ने तर शुल्क नाफामुखी सँस्थाले झैं लिने गरेपछि राष्ट्र बैंकले पूर्ण स्वामित्व लिने भएको हो।
अहिले भएका निजि तर्फका लगानीलाई व्यवस्थापन गरि पूर्ण सरकारी स्वामित्व अर्थात राष्ट्र बैंकको स्वामित्वमा लैजानलाई प्रकृया अगाडी बढाउँन निर्देशन दिईएको राष्ट्र बैंक स्रोतले जनाएको छ। एकै सेवामा पनि घडीको सुइँको आधारमा शुल्क लिएको तथा लाइसेन्स विपरित काम गरेको गुनासो राष्ट्र बैंकमा पनि आएकाले आफुहरुले यसको पूर्ण स्वामित्व लिने प्रकृया अगाडी बढाई सकेको राष्ट्र बैंक स्रोतको दाबि छ।
एनसीएचएलले अर्को दिन साटिने गरि चेक डिपोजिट गर्दा ५०० समयको चेकमा निशुल्क, ५० हजारसम्म ५ रुपैयाँ, २ लाखसम्म १० रुपैयाँ र २ लाख माथि १५ रुपैयाँ शुल्क कायम गरिएको छ तर सोहि दिन चेक साट्नु पर्ने भए १०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। जबकी साधारणतया सोहि दिन साट्न र अर्को दिन साट्नलाई एनसिएचएललाई प्रविधि, जनशक्ति, सर्भर वा अन्य कुनै पनि स्रोत अतिरिक्त प्रयोग गर्नुपर्ने आवश्यकता रहदैन।




