नारायणी बिकाश बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ ।
आज मंगलबार बोर्डले बैंकलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।
बैंकले १०० रुपैयाँ मूल्य बराबरको ६ लाख ५६ हजार १६९ कित्ता सेयर बिक्रि गर्ने छ । अब बैंकको १०० कित्ता सेयर भएका सेयरधनिहरुले १०० कित्ता बराबर हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् । बैंकले हकप्रदसेयर को बिक्रिका लागि बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।






