काठमाडौं । नेबिल बैंकले आफूसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको छ । बैंकले एक विज्ञेप्ती जारी गर्दै नबिल बैंकसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको हो ।
जारि विज्ञेप्तीमा भनिएको छ, ‘विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको” जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’




