प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते बुकक्लोज गर्ने भएका हो ।  

बैंकका अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको पौष ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३औं वार्षिक साधारण सभा पौष २९ गते, बुधबार, बैंकको केन्द्रिय कार्यालय, काठमाडौँमा बिहान १० बजेदेखिभर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंकको पौष ६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Read More
  • MBL - below news