भ्याल्यू इन्भेष्टिङ के हो ? कसरी चिन्ने भ्याल्यू स्टक ? अनि कुन बेला कसरी गर्ने लगानी ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भ्याल्यू इन्भेष्टिङ के हो ? कसरी चिन्ने भ्याल्यू स्टक ? अनि कुन बेला कसरी गर्ने लगानी ?

काठमाडौं : भ्याल्यू इन्भेष्टिङ त्यस्तो लगानी रणनीति हो जसमा बजार औसतको तुलनामा कम भाउ भएका सेयरहरु खरिद गर्ने प्रक्रिया समावेश हुन्छ । भ्याल्यू इन्भेष्टिङमा बजारमा राम्रो प्रदर्शन गरिरहेका वा प्रचारबाजीमा राम्रो मानिएका सेयरको सट्टा अवमूल्यनमा परेका अथवा आफ्नो वास्तविक भाउ भन्दा कम मूल्यमा कारोबार भइरहेका सेयरहरुलाई लक्षित गरिन्छ । कालान्तरमा बजारले गल्ती सुधार गर्दै जाँदा अवमूल्यनमा परेका सेयरहरुको भाउ बढ्ने र राम्रो प्रतिफल प्राप्त गर्न सकिने आशा गरिएको हुन्छ ।

भ्याल्यू इन्भेष्टिङ रणनीति लामो समयदेखि बार्गेनमा स्टक खरिद गरी ठूलो प्रतिफल हात पार्न खोज्ने लगानीकर्ताले प्रयोग गर्दै आएका छन् । तर पछिल्लो समयमा भ्याल्यू इन्भेष्टमेन्ट कम नाफामूलक देखिएको छ । यद्दपि, आफ्नो लगानी पोर्टफोलियोको केही हिस्सा भ्याल्यू इन्भेष्टमेन्टमा लगाउँदा बजार ओरालो लाग्यो भने पनि जोखिम तथा नोक्सान कम गर्न पक्कै मद्दत पुग्नेछ ।

के हो भ्याल्यू इन्भेष्टिङ ?

 

सामान्यः अर्थमा भन्नु पर्दा, भ्याल्यू इन्भेष्टिङ भनेको आफ्नो वास्तविक मूल्य भन्दा कम भाउ भएका सेयरहरु पत्ता लगाउने, अनुसन्धान गरी र खरिद गर्ने काम हो । बेलायतको स्टक ब्रोकर हारग्रिभ्स् ल्यान्स्डनकी वरिष्ठ लगानी तथा बजार विश्लेषक सुजाना स्ट्रिटरका अनुसार भ्याल्यू इन्भेष्टिङ सामान्यतयः यस्तो लगानी शैली हो जसमा धेरैले नरुचाएका र चर्चामा नआएका कम्पनीहरु खोज्ने गरिन्छ ।

यस्ता कम्पनीहरु नाफा तथा कमाईको तुलनामा भाउ निकै कम भएका, बजारको औसत भन्दा कम रेटिङ भएका र धेरै नरुचाइएका ढीलो वृद्धि हुने किसिमका हुन्छन् । सामान्य अर्थमा भन्नुपर्दा अवमूल्यनमा परेका कम्पनीहरु भ्याल्यू इभेष्टरले खोज्ने गर्दछन् ।

 

भ्याल्यू इन्भेष्टिङ रणनीति सन् १९२० मा कोलम्बिया बिजनेस स्कूलमा वित्तशास्त्र अध्यापन गराउने बेन्जमिन ग्राहम र डेभिड डडले प्रतिपादन गरेका थिए । कुनै कम्पनीको सेयरको वास्तविक मूल्य मार्केटको प्रतिकृयाले नभई कम्पनीको फन्डामेन्टल्सका आधारमा निर्धारण हुनुपर्ने ग्राहम र डडको मान्यता रहेको थियो । 
 

ग्राहमका शिष्य वारेन बफेटले आफ्ना गुरुले प्रतिपादन गरेको भ्याल्यू इन्भेष्टिङ रणनीतिमा अडिग रहेरै अरबौं डलर कमाउन सफल भएका छन् । भ्याल्यू इन्भेष्टिङको चुरो कुरो पनि न्यून मूल्यमा खरिद गर्ने र उच्च मूल्यमा बिक्री गर्ने रहेको छ । व्यवहारमा यो रणनीति लागू गर्न प्रसस्त धैर्यता आवश्यक पर्छ । अनिमात्र  कम्पनीको वास्तविक मूल्य र बजार मूल्य एकै ठाउमा आउँछ र भविष्यमा ठूलो प्रतिफल हत्याउन सकिन्छ भन्ने कुरालाई मुख्य आधार बनाउनुपर्छ । ...

Read More
  • MBL - below news