ई–कमर्सका लागि कानुनको सुरसार बल्ल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ई–कमर्सका लागि कानुनको सुरसार बल्ल

इन्टरमेडियरी व्यवसाय परिभाषित नहुँदा नियमनमा समस्या थियो । नेपालमा दराज, सस्तो डिलसहित दर्जनौं ई–कमर्स व्यवसाय इन्टरमेडियरीका रुपमा सञ्चालित छन् ।

काठमाडौँ — सञ्चालनमा रहेका सबै व्यवसायले विद्युतीय माध्यमबाट व्यवसाय गर्न सक्ने र मध्यस्थकर्ताका रूपमा पनि ई–कमर्स सञ्चालन गर्न पाइने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ ।

विधेयकले ऐनको रूप लिएपछि नेपालमा विद्युतीय व्यापारमार्फत वस्तु वा सेवा उपलब्ध गराउने नेपाल बाहिर रहेका व्यक्ति, फर्म वा संगठित संस्थाको हकमा समेत लागू हुने विधेयकमा उल्लेख छ ।

विधेयकले वस्तु तथा सेवा बिक्रीका लागि मध्यस्थता गरी विद्युतीय प्रणालीमार्फत बिक्री गर्ने ई–कमर्सलाई समेत परिभाषित गरेको छ । इन्टरमेडियरी व्यवसाय परिभाषित नहुँदा नियमनमा समस्या हुँदै आएको थियो । नेपालमा दराज, सस्तो डिलसहित दर्जनौं ई–कमर्स व्यवसाय इन्टरमेडियरीका रूपमा सञ्चालित छन् ।

‘इन्टरमेडियरी व्यवसायी भन्नाले विद्युतीय माध्यमको सञ्जालद्वारा विद्युतीय व्यापारमा अर्को व्यवसायीका तर्फबाट क्रेता वा बिक्रेतालाई सहजीकरण गर्ने व्यवसायी सम्झनुपर्छ । र सो शब्दले विद्युतीय व्यापार गर्ने थोक बिक्रेता, खुद्रा बिक्रेता, व्यापारिक प्रतिनिधि, ब्रोकर वा वितरकसमेतलाई जनाउँछ,’ विधेयकमा भनिएको छ । ...

Read More